क्यानको सचिवमा पारस खड्का विजयी

नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा पारस खड्का विजयी भएका छन्।
शनिबार भएको क्यानको चुनावमा पारस विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी उम्मेदवार प्रशान्तविक्रम मल्ललाई पछि पार्दै विजयी भएका हुन्।
कुल ८५ मत खसेको थियो। जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन् । खड्काले ११ मतान्तरले विजयी भएका हुन् ।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् । क्यानको उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।
पदाधिकारीमा सचिव र खुला सदस्य तथा प्रदेश सदस्यका लागि निर्वाचन भएको हो ।
अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ६ पदमा निर्विरोध हुँदा सचिवसहित ११ पदका लागि मतदान भएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस