‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकमाथि सर्वपक्षीय चुनौती’
हेटौंडा– यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले आफूहरुले जीवन निर्वाह गर्ने क्रममा सर्वपक्षीय चुनौतीको सामाना गर्नुपरिरहेको गुनासो गरेका छन् । पहिचानसहितको नागरिकता प्राप्त गर्न अझै कठिनाई रहनु बिडम्बना भएको उनीहरुले बताएका छन् ।
निलहीरा समाज मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा भएको बहुसरोकारवालासँगको छलफल कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले अझै पनि भेदभाव र लान्छनाको सामना गर्नु परिरहेको बताइएको हो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अवधारणा र शब्दावलीसम्बन्धी प्रस्तुतीकरण गर्दै अधिकारकर्मी परशुराम चौधरीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्यलगायत विविध क्षेत्रको विभिन्न चुनौतीहरु खेपिररहनुपरेको बताए ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको उत्थानका लागि भइरहेका प्रयासहरु, सरकारी तवबहरबाट आएका कार्यक्रमहरुको बारेमा चौधरीले आफ्नो प्रस्तुतीकरण दिएका थिए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथिको बुझाईमा केही परिवर्तन आएको र सो समुदायलाई स्वीकार गरिए पनि अझै विभेद र लान्छनाको अन्त्य नभएको उनले बताए । लैङ्गिक तथा अल्पसंख्यक समुदायको परिभाष, उनीहरुको लैङ्गिक स्वभाव, कानुनी प्रावधानहरुलगायतका विषयमा चौधरीले सहभागीलाई प्रष्ट पारेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका मानव अधिकार अधिकृत कृष्ण मिश्रले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मानव अधिकारको अवस्था, गरिरहेका पहलहरु आगामी कार्ययोजनाको बारेमा प्रस्तुतीकरण गरेका थिए । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयकी चन्द्रकुमारी व्यन्जनकार र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत नविन ढकालले लैङ्गिक समावेशीकरण र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि मन्त्रालयले गरिरहेका काम र आगामी योजनाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विन्दबासिनी कंसाकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको समस्या र चुनौतीहरुको बारेमा आफू जानकार रहेको भन्दै उनीहरुको समस्या समाधान गर्न नीतिगत सुधारको लागि पहल गर्ने प्रतिवद्धता जनाइएन् । आवश्यक कानुन निर्माण र संशोधनको लागि आफूले संसदमा आवाज उठाउने उनले बताइन् ।
निलहीरा समाज मकवानपुरकी कार्यक्रम संयोजक किरण थापाको संयोजनमा भएको कार्यक्रममा निलहीरा समाजका सञ्जय शर्माले सहजीकरण गरेका थिए । कार्यक्रममा मानव अधिकारकर्मी शर्मिला श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाकी महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, मकवानपुर पोजेटिभ समूहका प्रतिनिधि, पत्रकार साथै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
शैलजा आचार्य हृदय रोगकेन्द्रको स्तरोन्नतिका लागि सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
-
२.
जलवायु परिवर्तनले श्रम तथा रोजगारीको क्षेत्रमा नयाँ चुनौती : अध्यक्ष कुँवर
-
३.
संसद्को आगामी अधिवेशनमा ऊर्जासम्बन्धी विधेयक प्रस्तुत हुन्छ : मन्त्री खड्का
-
४.
नेपालमा वैद्यखाना चलाउन कानून आभाव छ : आयुर्वेद विभाग
-
५.
अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास मौलाउन दिइन्नँ : प्रधानमन्त्री ओली