हेटौंडा रातोमाटेबाट चिनी र साडी बरामद

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट बिहिबार दिउँसो चिनी र साडी प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्ज तर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख १२६२ नम्बरको यात्रु बाहक बस चिनी र साडी बरामद गरेको हो ।
प्रहरीका अनुसार बसको पछाडिको डिक्किमा लुकाई छिपाई राखेको अवस्थामा भन्सार छलि गरेर ल्याएको ५० केजी दरको ७ बोरा चिनी र ९० थान साडी बरामद गरिएको हो । उक्त चिनी र साडीको बजार मुल्य १ लाख २१ हजार ५०० बराबरको रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस