सरकार र शिक्षकबीच वार्ता हुँदै, आज सहमति जुट्ने

काठमाडौँ – नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज वार्ता हुँदैछ । बिहीबार साँझ सहमति हुन नसकेपछि आज फेरि वार्ता बस्न लागेको हो ।
कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङका अनुसार आज बस्ने वार्तामा सहमति हुनेछ । उनले भने “उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर बिहीबार छलफल भएको छ । शुक्रबार बिहानसम्म टुङ्गिन्छ।’
हिजोको वार्तामा शिक्षकका मागमाथि रहेर बुँदागत छलफल भएको थियो ।
संसद्मा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि बिहीबारको छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए ।
बिहीबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस