मकवानपुरमा दुर्घटनामा परेर आमाको मृत्यु, छोरा घाइते

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११ खोरभन्ज्याङमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जितपुरभन्ज्याङबाट चपकी खानीतर्फ जाँदै गरेको ना ५१ प ५०४१ नम्बरको मोटरसाइकल बिहान बकैया–१२ खोरभन्ज्याङस्थित आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बकैया–१२ टरबास बस्ने ६८ वर्षीया ठुलिमाया न्यासुर रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, दुर्घटना परी गम्भीर घाइते न्यासुरको उपचारको क्रममा हेटौंडा अस्पतालमा बिहान ११ बजे मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकल चालक सोही स्थान बस्ने ३२ वर्षीय राजकुमार न्यासुर घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
मृतक ठुलीमाया राजकुमारको आमा हुन् । प्रहरीले उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस