लागूऔषध गाँजा सहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङ स्थित पुर्व–पश्चिम सडक खण्डमा लागूऔषध गाँजा सहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । मनहरी तर्फबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १५८६ र सोही दिशाबाट आउदै गरेको ग ७ ख २२४० नं को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा दुइजनालाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुको साथबाट १० केजी ३५० ग्राम गाँजा फेला पारी अनुसन्धान तथा सोधपुछको लागी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १५८६ नम्बरको बसमा सवार पर्सा मधुवन गाउँपालिका वडा नम्बर–२ बस्ने ४० वर्षिय सलामा खातुन र ना २ ख २२४० नम्बरको बसमा सवार हेटौंडा–१५ बस्ने ३२ वर्षिय सामुएल प्रजालाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस