नेपाली रुपैयाँसँग अमेरिकी डलरको सटही मूल्य हालसम्मकै उच्च

काठमाडौं । आज नेपाली रुपैयाँसँग अमेरिकी डलरको सटही मूल्य हालसम्मकै उच्च पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज (मंगलबार) अमेरिकन एक डलर किन्न नेपाली १३३ रुपैयाँ ५४ पैसा खर्चनु पर्नेछ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ २४ गते अमेरिकन एक डलरको मूल्य १३३ रुपैयाँ ४४ पैसा कायम भएको थियो ।
त्यसयता घटेको डलरको मूल्य मंगलबारभने बढेको छ । अमेरिकन एक डलरको खरिद मूल्य १३२ रुपैयाँ ९४ पैसा रहेको छ ।
सोमबार भने एक डलरको खरिद मूल्य १३२ रुपैयाँ ८० पैसा थियो । त्यसदिन एक डलरको बिक्री मूल्य १३३ रुपैयाँ ५४ पैसा थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस