नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु



मध्यविन्दु (नवलपरासी) – नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो।

सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय सङ्गम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब निरीक्षक वेदबहादुर पौडेलले बताए।

“नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन्”, उनेले भने।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

हेटौंडा – हेटौंडामा सहिद आकाश मेमोरियल क्याम्पस सञ्चालनमा आएकाे छ । हेटौंडा ५ स्थित रिलायन्स स्कुलको प्राङ्गणमा सहिद एकलाल सुवेदी

काठमाडौँ, १६ असोज / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘विद्युत विधेयक,

काठमाडौं – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको