बिदेशी मुद्रा सहित हेटौंडाबाट एक जना पक्राउ

हेटौंडा – हेटौंडा उपमहानगरपालिका रातोमाटेबाट बिदेश मुद्रा सहित एक जना पक्राउ परेका छन् । उनीबाट प्रहरीले नेपाली रुपैयाँमा परिबर्तन गर्दा हुने रकम २३ लाख ३८ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।
हेटौडातर्फ बाट बिरगंज तर्फ जादै गरेको मधेश प्रदेश ०३-००१ ज ३६४ नम्बरको ईलोक्ट्रोनिक माईक्रो गाडी चेक जाँच गर्ने क्रममा माईक्रोमा सवार यात्रु भारत विहार पुर्वी चम्पारन पलङवा थाना पसौना वडा नम्बर–९ बस्ने ४० वर्षिय रम्भु दासको साथबाट बिभीन्न देशका मुद्रा सहित पक्राउ गरेको हो ।
प्रहरीले युरो, जापानी मुद्रा, साउदी रियाल गरी २३ लाख रुपैयाँ भन्दा बढी रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सबै भन्दा धेरै रकम भने साउदी रियल रकम बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस