संस्कृति हाम्रो पहिचान : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ

गण्डकी, १ असोज : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संस्कृति हाम्रो पहिचान भएको बताउनुभएको छ ।
नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले चाडपर्व हाम्रा संस्कृतिक पहिचान भएको उल्लेख गर्नुभयो । मौलिक संस्कृतिको प्रवद्र्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वहरूको मौलिकता जोगाउनु अहिलेको आवश्यकता रहेको सन्देशमा भनिएको छ । सामाजिक एकताको प्रतीकका रुपमा रहेको हरितालिका तीजले सबैमा खुसी साटासाट गर्दै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सकोस् भन्ने उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।
“हरितालिका तीजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएका छन्”, उहाँले भन्नुभयो, “भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा‚ उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास छ ।” विवाह पश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिने गरेको प्रदेश प्रमुख गुरुङले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस