NTC App - Ad

पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

काठमाडौं, ३१ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।

हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको हो ।

Advertisement:

आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :