असोज १६ देखि हेटौंडामा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने
हेटौंडा – हेटौंडामा दुई लाख राशीको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स कल्बले असोज १६ गते देखी दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता गर्ने बताएको हो ।
नागस्वती भेट्रान्स कल्बका अध्यक्ष सोम बहादुर तितुङ्ले प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका खेलाडीहरुको सहभागिता रहने बताए । प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको क्लबका अध्यक्ष तितुङले बताए । उनले प्रतियोगितामा देशभरका १८—२० वटा क्लबहरुको सहभागिता रहने बताए ।
प्रतियोगिताको लागि १६ लाख खर्च हुने अनुमान गरिएको छ । स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ आयोजना गर्न लागेको प्रतियोगिताले पूर्व खेलाडीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने उनले बताए । तीन बर्ष अघि स्थापना भएको यस क्लबले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा आफै उपाधी हासिल गर्न सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

