बालज्योति माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी मनायो बालदिवस

हेटौंडा – ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा श्री बालज्योति माध्यमिक विद्यालय र बालज्योति बालसमूहले विभिन्न कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएको छ।
`बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ हेटौंडा- ५ पिप्ले स्थित श्री बालज्योति माध्यमिक विद्यालय र बालज्योति बालसमूहले शुक्रबार विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएको हो।
`बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ कक्षा ८ देखि १० सम्मका बालबालिकाहरुमा चेतनामूलक र्याली निकालिएको थियो।हेटौंडा- ५ का वडा अध्यक्ष सुशील घिमिरेको उपास्थितिमा निकालिएको र्यालीमा विद्यालयका प्रधानाध्यापक भरत प्रसाद अर्याल,विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रविन्द्र पोखरेल ,बालज्योति बालसमूहको अध्यक्ष रिवाज काफ्ले तथा विद्यालयको शिक्षकहरुको उपस्थिति रहेको थियो।विद्यालयबाट सुरु भएको र्याली सानोपोखरा राइटोल हुँदै पिप्ले चोकमा पुगेर अन्त्य भएको थियो।
त्यसैगरि कक्षा १ देखि ९ सम्मका बालबालिकाबिच बाल अधिकार शीर्षकमा चित्रकला प्रतियोगिता गरिएको थियो ।त्यस्तै कक्षा बाल विकास देखि ५ सम्मका बालबालिकामा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता गरी बाल दिवस मनाएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस