६ किलो लागूऔषध गाँजा सहित ३ जना पक्राउ

तातोखबर, भदौ २९ / जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा तीन जनालाई ६ किलो लागू औषध गाँजा सहित पक्राउ गरेको छ ।
मिति २०८०।०५।२९ गते बिहान अं.०६ः३० बजेको समयमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं. १० बसपार्क स्थित सडकमा शंकास्पद रुपमा उभिरहेका जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं. ९ टाँगा बस्ने बर्ष ३२ को मनोज यादव, ऐ.ऐ. बस्ने बर्ष अं. ३० अमिर लाल प्रसाद यादव र ऐ.ऐ. बस्ने बर्ष ४५ को जंग बहादुर पासवनलाई शंका लागि निजहरुको शरीरको रितपुर्वक खानतलासी गर्दा तिनै जनाको कम्मरको भागमा बेल्ट जस्तो बनाई प्लाष्टिक भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागू औषध गाँजा २/२ किलोको दरले जम्मा ६ किलो फेला परेको हुदाँ उक्त लागूऔषध गाँजा सहित निजहरु मनोज यादव, अमिर लाल प्रसाद यादव र जंग बहादुर पासवनलाई नियन्त्रणमा लिई लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरी ले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस