रियाल मड्रिडका चार खेलाडी पक्राउ

काठमाडौं । एक यौन भिडियोमा नाबालिगलाई देखाएको भन्दै स्पेनको प्रहरीले रियाल मड्रिडका चार युवा खेलाडीलाई पक्राउ गरेको छ ।
स्पेनको प्रहरीले खेलाडीहरूसँग सोधपुछ गरी उनीहरूको मोबाइल फोनको डाटा जफत गरेपछि छोडिएको बीबीसीले खुलाएको छ ।
यो भिडियोमा देखिने १६ वर्षीया बालिकाकी आमाले क्यानरी टापुमा दायर गरेको उजुरीपछि खेलाडीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रियाल मड्रिडका खेलाडीहरूलाई प्रहरीले क्लबको प्रशिक्षण केन्द्रबाट नै पक्राउ गरेको थियो ।
चार युवा खेलाडी पक्राउ परेपछि क्लबले ‘तथ्यहरूको विस्तृत जानकारी लिएपछि उचित कदम’ चाल्ने बताएको छ । पक्राउ परेका चार खेलाडीमध्ये तीन खेलाडी रियाल मड्रिडको ‘सी’ टिमको र एक खेलाडी ‘बी’ टिमको भएको बीबीसीले जनाएको छ ।
“उनीहरूलाई एक नाबालिगको यौन सामग्री भएको भिडियो वितरण गरेको शंकामा पक्राउ गरिएको थियो,” स्पेनिस प्रहरीका प्रवक्ताले भने ।
उक्त भिडियो ह्वाट्सएपमार्फत शेयर गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस