
हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१० भुटनदेवी मोडबाट बुधबार लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–५ पिप्ले बस्ने ३१ बर्षीय दिपेन्द्र सुनार र बागमती गाउँपालिका–६ फापरबारी बस्ने २१ बर्षीया रुपा बिश्वकर्मा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको खटिएको टोलीले सुनार र बिश्वकर्माको साथबाट क्रमशः १२ ग्राम–३४० मिलिग्राम र ४०० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको हो । उक्त ब्राउन सुगरसहित दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।