भियतनाममा बाढी पाँच जनाको मृत्यु, चार जना बेपत्ता

ततोखबर / उत्तरी भियतनाममा आएको बाढीसँगै पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना बेपत्ता भएका छन् ।
भियतनामको उत्तरी पहाडी क्षेत्रमा पर्ने लाओ काइ प्रान्तमा १३ वटा घर भत्किएका, एक सय ५० हेक्टर कृषि उत्पादन र ६१ मत्स्यपालन केन्द्र नष्ट भएका प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सञ्चालन समितिले बिहीबार जनाएको छ ।
सोही प्रान्तको सापा नगरको पर्यटकीय स्थलमा ‘प्राकृतिक प्रकोप आपत्काल’ घोषणा गरिएको छ । लाओ काइ प्रान्तमा मात्र एक करोड अमेरिकी डलरभन्दा बढीको क्षति भएको अनुमान गरिएकोछ ।
यसैगरीे हागियाङ र येन बाई प्रान्तका नौ घर पुरिएका तथा ३० हेक्टर धान र सागसब्जी खेती डुबानमा परेका छन् । मौसम विज्ञान विभागले आगामी दिनमा अझै पानी पर्ने सम्भावना रहेको तथा बाढीपहिरोमा पर्न सकिने बताउँदै सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई अनुुरोध गरेको छ ।
बाढीपहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरगा गर्न तथा जनताका सम्पत्तिको संरक्षण गर्न राष्ट्रिय सेनालाई निर्देशन दिइएको छ ।
भियतानामको तथ्याङ्क कार्यालयका अनुसार यस वर्षको पहिलो आठ महिनामा प्राकृतिक प्रकोपका कारण ७९ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् । यो अवधिमा आठ करोड २० लाख अमेरिकी डलरभन्दा बढीको भौतिक सम्पत्ति नाश भएको छ । अघिल्लो वर्षको तुलनामा यो आर्थिक नोक्सानी ६४.८ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस