आइफोन १५ को चार मोडल सार्वजनिक, नेपालमा दसैं पछी मात्र बिक्रि सुरु हुने

काठमाण्डौ / लोकप्रिय अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन १५ सार्वजनिक गरेको छ । गएराति अमेरिकाको क्यालिफोर्नियामा एप्पल कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको हो।

आइफोन १५ का सेटहरु पाँच वटा रंगमा उपलब्ध हुनेछन् । सेतो, कालो, गुलाबी, हरियो र पहेँलो रङमा पाइने सिएनएनले जनाएको छ । आइफोन १५ को शुरुवाती मूल्य सात सय ९९ डलर तथा आइफोन १५ प्रोको शुरुवाती मूल्य नौ सय ९९ डलर रहेको खबरमा उल्लेख छ ।

Advertisement:

एप्पलले पहिलो पटक एन्ड्रोइड स्मार्टफोनमा जस्तै टाइप सी चार्जिङ सुविधासहितका सेट ल्याएको बीबीसीले जनाएको छ । पहिले आईफोनमा अन्य फोनभन्दा छुट्टै लाइट चार्जिङ पोर्ट थियो, जुन आईफोनको पहिचान पनि थियो ।

तर अब एप्पलले यसलाई परिवर्तन गर्दै आफ्नो नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको साटो सी-टाइप चार्जिङ पोर्ट भएको जनाएको छ । युरोपेली सङ्घको दबाबमा कम्पनीले यो कदम चालेको खबरमा उल्लेख गरिएको छ  ।

आइफोन १५ र १५ प्लसमा प्राइमरी क्यामरा ४८ मेगापिक्सेलको रहेको छ भने १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा पनि रहेको छ । आइफोनका यी मोडलसँगै एप्पलले ब्राण्ड-न्यु एप्पल वाच अर्थात घडी समेत सार्वजनिक गरेको छ । यो घडीको ब्याट्री ७२ घण्टा चल्ने दाबी गरिएको छ भने युएसबी–सी एयरपड्स पनि सार्वजनिक गरिएकोे छ ।

नेपालमा उक्त सिरिजको आइफोन दसैं पछी मात्र बिक्रि सुरु हुने नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता इभो स्टोरले बताएको छ

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application