मकवानपुर प्रहरीले लागुऔषधमा आगो लगायो



हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा बरामद गरेको लागुऔषध नष्ट गरेको छ । मंगलबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित राप्ती खोलाको किनारमा लागुऔषध नष्ट गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत समेत बाट खटिएको प्रहरीले चेकजांच गर्ने क्रममा बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट बरामद गरिएको लागूऔषधहरु राप्ती खोलाको किनारमा आगो लगाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार गाँजा ७११ किलो ६५ ग्राम, ओनरेक्स/विन्सिरेक्सको एक सय एमएलका ५२४ बोतल, डाईजेपाम ९१६ एम्पुल, फेनार्गन ८८५ एम्पुल, नुर्फिन ६९३ एम्पुल र ३२ लिटर घरेलु मदिरा आगो लगाएर नष्ट गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ