त्रिभुवन विमानस्थल भन्सारको सेवा ठप्प, के के छन् कर्मचारीका माग

काठमाडौ, तातोखबर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सेवा ठप्प पारेका छन् । सोमबार भन्सार जाँचपाससमेत बन्द गरिएको छ ।
६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दु:ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको भन्दै उनीहरूले हिजोदेखि ५ बुँदे माग राखेर आन्दोलन घोषणा गरेका छन् ।
के के छन् त माग
१. राजस्व असूलीको असल नियतले कानूनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको बहानामा तथा अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी निर्दोष कर्मचारीलाई धरपकड बन्द गर्नुपर्ने
२. कार्यालयमा भौतिक पूर्वाधार र आधुनिक प्रविधिको व्यवस्था गर्नुपर्ने
३. डरत्रास विना उच्च मनोबलमा काम गर्ने वातावरण हुनुपर्ने
४. विनाप्रमाण, पक्राउ पूर्जी अनुमति नलिई कर्मचारीहरुलाई गिरफ्तार गर्ने, दुःख दिने, हैरानी दिने कार्य बन्द गर्नुपर्ने लगायतका माग छन् ।
सीआईबीले अहिलेसम्म भन्सारका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले हिजोदेखि आन्दोलन थालेका हुन् ।
भन्सार कर्मचारीको आन्दोलनका कार्यक्रममा पेन डाउनदेखि, निकासी पैठारी र यात्रु जाँचपाससमेत बन्द गर्नेसम्मको छ । हिजो सांकेतिक विरोधस्वरूप ३ घण्टा पेन डाउन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस