डलरको विनिमय दरमा नयाँ रेकर्ड

२२ भदौ, काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च भएको हो ।
शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ३४ पैसा पुगेको छ ।
२१ भदौ बिहीबार डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो । यस्तै २० भदौ बुधबार खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा थियो । लामो समयदेखि १३२ रुपैयाँकै वरीपरि रहेको अमेरिकी डलरको विनिमय दर गत बुधबारबाट पछिल्लो तीन दिन लगातार बढेको छ ।
यसअघि १ भदौमा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।
नेपाल र भारतको स्थिर विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस