‘दामिनी भीर’नयाँ नाटकसँगै अन्य नाटकहरु धमाधाम मञ्चन हुदै



काठमाडौं, २२ भदौ / नेपाली नाट्य कलालाई जीवन्त राख्न निरन्तर सञ्चालनमा रहेको मण्डला थिएटरले नयाँ नाटक ‘दामिनी भीर’ को मञ्चन आजदेखि शुरु गरेको छ । आगामी असोजन १३ सम्म प्रदर्शन गरिने यो नाटक भदौ २२ गते शुक्रवारदेखि शुरु गरिएको हो ।

साहित्यकार राजन मुकारुङको उपन्यास आधारित इँगिहोपो कोईच सुनुवारले निर्देशन गरेको यो नाटक ‘दामिनी भीर’ लाई थैली इन्टरटेनमेन्टसँगको सहकार्यमा तयार गरिएको जानकारी दिएको छ । नाटक दामिनी भीरको प्रदर्शनसँगै अरु नयाँ नाटकहरुको पनि प्रदर्शन हुने भएको बताईएको छ ।

प्राप्त जानकारीअनुसार शिल्पी थिएटरमा यहि भदौ २७ गतेदेखि असोज १३ गतेसम्म अर्को नाटक पनि प्रर्दशन हुन गईरहेको छ । दैलो प्रडक्सन र भैरव पुरस्कार गुठीको सहकार्यमा बारत लिम्बू निर्देशित नयाँ नाटक ‘ह राम पण्डित’ मञ्चन हुन गईरहेको छ । उक्त नाटक भैरव अर्यालद्वारा लिखित निबन्धहरु काउकुती, जय भुँडी, इतिश्री निबन्ध संग्रहमा आधारित रहेको छ ।

त्यस्तै कौशी थिएटरमा असोज ४ गतेदेखि आकांक्ष कार्कीले निर्देन गरेको अर्को नाटक प्रदर्शन हुन गईरहेको छ भने कौशी थिएटरमा क्रमश अन्य नाटकहरु पनि मञ्चन हुने तयारी भईरहेको जानकारी प्राप्त भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, २ असोज / ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ ।

काठमाडौँ, २ असोज / राष्ट्रकवि माधवप्रसाद घिमिरेका स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका संरक्षक राष्ट्रकविका स्मृतिमा उहाँकी धर्मपत्नी

म्याग्दी, २ असोज : म्याग्दी सदरमुकाम बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ । दुई सय वर्षअघि बेनीमा बस्ती