युट्युबमा गजुरियलको आकर्षण बढ्दो

काठमाडौं, २१ भदौ/पछिल्लो समयमा सामाजिक सञ्जाल युट्युबमा नेपालमा पनि विभिन्न प्रसारण सामाग्रीहरु मार्फत लोकप्रियता कमाउन चाहने प्रतिभाहरु बढ्दै गएसँगै विगत ८ वर्षदेखि प्रयोगमा आएको युट्युब च्यानल गजुरियलको लोकप्रियता बढ्न थालेको छ ।
यसवर्षको गाईजात्रा पर्वका अवसरमा प्रर्दशन गरिएका प्रहशनहरु समेत धारावाहिक रुपमा अपलोड गर्न थालेपछि युट्युब च्यानल गजुरियलको आकर्षण अझ बढ्दै गएको प्रयोगकर्ताहरुको टिप्पणीहरुले प्रमाणित गरेको हो ।
झण्डै २ सय ५६ वटा मनोरञ्जनात्मक र सन्देशमूलक भिडियो समेटिएको गजुरियल युट्युब च्यानलले यो खबर तयार पार्दासम्म ४ लाखभन्द बढी सब्सक्राईब प्राप्त गरिसकेको छ । गजुरियलमा समेटिएका भिडियो सामाग्रीहरु अधिकांश अवलोकनकर्ताहरुको मन छुने किसिमको रहेको पनि प्रयोगकर्ताहरुले प्रतिकृया दिईरहेका छन् ।
मनोरञ्जन र सन्देश दुवै किसिमका सामाग्रीहरु प्राप्त गर्न सक्ने भएकोले पनि यो युट्युब च्यानलको लोकप्रियता बढ्दै गएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भनाई रहेको छ । गजुरियलमा समेटिएका सृजनाहरुबाट अवलोकनकर्ता एवं दर्शकहरुले विकसित हुदै गएको पछिल्लो राजनीतिक र सामाजिक चेतनाहरु समेत हासिल गर्न सक्ने सामाग्रीका रुपमा बुझ्न सकिन्छ भने युट्युब डटकममा यो https://www.youtube.com/@GajuReal/videos लिन्कमा क्लिक गर्दा गजुरियलका सबै मिडियोहरु हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस