सहमहामन्त्री माथि भएको आक्रमणको बिरोध गर्दै नेविसंघले गृहमन्त्रीको राजीनामा माग्यो

nepal-student-union-flag

भाद्र २०, काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको घटनाको बिरोध गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’नेपाल सरकारको पूर्व मन्त्री जस्तो व्यक्तिलाई दिनदहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय छ । यस घटनाको घोर भर्त्सना गर्दछौं । देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूणर्रुपले असफल भएको यस घटनाले पुष्टि गरेको छ।’
यस घटनाको सम्पूणर् जिम्मेवारी नेपाल सरकार र गृह मन्त्रालयले लिनुपर्ने पनि नेविसंघले स्पष्ट पार्दै राजीनामा दिनुपर्ने नेविसंघले माग गरेको छ । नेविसंघले भनेको छ, ’राजधानीको सार्वजनिक स्थलमा पूर्वमन्त्री जस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृहमन्त्रीको राजीनामा समेत माग गर्दछौं।’

Advertisement:nepal-student-union-flag

नेविसंघले आक्रमणमा परी घाइते भएका नेता महेन्द्र यादवको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

नेविसंले आक्रमणमा संलग्न अपराधी र जोडिएका पक्षबारे सूक्ष्म अनुसन्धान गरी कडाभन्दा कडा कारबाहीको माग गरेको छ।

सहमहामन्त्री यादवमाथि बुधबार खुकुरी प्रहार गरिएको थियो । खुकुरी प्रहार गर्ने नुवाकोटका श्याम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस् :