महिला ग्राहकका लागि नबिल बैंकको तीज विशेष अफर

काठमाडौं, १९ भाद्र । प्रतिष्पर्धामा रहेका नेपालका वित्तीय कम्पनीहरुको ग्राहक लक्षित होडबाजी चलिरहदा ठूला बैंकहरुले पनि आफ्ना सेवाग्राहीहरुका लागि चाडपर्व लक्षित विभिन्न अफर सार्वजनिक गर्न थालेका छन् । त्यस्तै नेपाली महिलाहरुको विशेष पर्व तीज नजिकिएसँगै बैंकहरुले आफ्ना सेवाग्राहीलक्षित यस्ता अफर सार्वजनिक गर्न थालेका हुन् ।
यसैबीच नबिल बैंकले तिज मनाउने तयारीमा रहेका नेपाली महिलाहरुका लागि विशेष बैंकिङ्ग अफर ल्याएको छ । बैंकले ‘नबिल प्रिमियम नारी बचत खाता’ नामको अफरमा महिलाहरुलाई विशेष किसिमको सुविधा उपलब्ध गराउने भएको छ । तीज विशेषका रुपमा ल्याईएको यो अफरमा नबिल बैंकमा खाता खोल्ने महिलाहरुले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र बोबाईल बैंकिङ्ग सुविधा निःशुल्क प्रयोग गर्न पाउने नबिल बैंकका बजार विभागले जानकारी दिएको छ ।
आगामी असोज १५ गतेसम्म जारी रहने यो अफरमा नविल बैंकमा ‘नबिल प्रिमियम नारी बचत खाता’ अफर अनुसार खाता खोल्ने महिलाहरुले पहिलो वर्षको वार्षिक लकरका लागि पनि कुनै शुल्क भुक्तानी गर्नु नपर्ने बैंकले जनाएको छ ।
१८ लाखभन्दा बढी सेवाग्राहीहरूरहेको नबिल बैंकले मुलुकभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आईरहेको छ भने यस बैंकले नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस