कृषि समितिमा बाँदरको परिवार नियोजन प्रस्ताव – डा. आरजु राणा देउवा

भाद्र १७, काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् ।

उनले आइतबार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी छिन् । त्यस्तै, उनले बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको पनि बताइन् । छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण पेश गर्दै नेपालमा पनि त्यस्तै गर्नुपर्ने उनले बताइन् ।

Advertisement:

उनले भनिन् ‘संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर मान्छेले खान नपुग्नेगरेर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्योर । बँदेल त खान्छ नि मान्छेले । बाँदर नखाला । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । ‘हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रो जस्तै थियो रे परिवार नियोजन गरेर दुई, तिन वर्षमा कम भयो । यो चाहिँ डिपार्टमेण्ट अफ वाइल्डलाइभलाई केही चाहीँ गरेर ल्याउ भन्नुपर्यो । मान्छेले खानै नपाउने भएपछि त धेरै समस्या भयो ।’

उनले बाँदर नियन्त्रणको सम्बन्धमा सरोकारवाला निकायलाई केही योजना ल्याउन लगाउनुपर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस् :