‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन प्रविधिको नेपालमा सुरुवात



aeroponics-technology-nepal-aeroponics-farming-tatokhabar

काभ्रेपलाञ्चोक, तातोखबर । काठमाडौँ विश्वविद्यालयको जैविक प्रविधि विभागले रोगरहित आलुको पूर्व-मूल बीउ उत्पादनका लागि पनौतीको कुशादेवीमा रहेको खाद्यान्न तथा आलुको बीउ, अलैंची तथा फलफूल नर्सरी उद्योगमा ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन प्रविधिको सुरुवात गरिएको छ ।

उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बीउ उत्पादन गर्दै आएको थियो । “यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ । यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट पठाइन्छ र ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बीउ बन्दछन् ।

एक बिरुवामा ५० देखि चार सयसम्म बीउ उत्पादन हुने बताईएको छ । उक्त प्रकृतिको बीउ उत्पादन गर्न उद्योगमा रू १ करोडमा छुट्टै प्रयोगशाला निर्माण भएको छ । नेपालमा यो परिक्षणको क्रममा भएकाले अन्य जातका आलुको तुलनामा यसको उत्पादन परिमाणबारे तथ्य पत्ता लगाउन केहि समय कुर्न पर्ने देखिन्छ ।

“यसरी उत्पादन गरिएको बीउलाई परीक्षणका लागि निर्माण गरिएको टनेलमा करिब पाँच पटक (पाँच पुस्ता)सम्म रोपेर मात्रै कृषकलाई खेतबारीमा रोप्न पठाउने सकिन्छ । नेपालमा गत साउनदेखि उक्त नयाँ प्रविधिबाट आलुको बीउ उत्पादन प्रक्रिया थालिएको हो ।

यो प्रविधि नेपालमै नयाँ भएकाले यसप्रति कृषि प्राविधिकको चासो बढेको उद्योगले जनाएको छ ।
यो नयाँ प्रविधि ल्याइएपछि हाल कृषक, कृषि प्राविधिक तथा बीउ व्यवसायी अवलोकनका लागि आउने बढेका छन् । उक्त उद्योगमा सिँचाइका लागि गत आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ११ लाख ५४ हजार रकम विनियोजनसमेत भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, ७ असोज / हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ ।

काठमाडौँ, ७ असोज / सरकारले मुलुकको ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न ८५ बुँदे कार्यक्रम तय गरेको छ । ऊर्जा,

तातोखबर, म्याड्रिड। स्पेनिस ला लिगा फुटबलमा शनिवार राती साबिक विजेता बार्सिलोनाले सेल्टा भिगोलाई ३-२ गोलले हराएको छ । अन्तिम १०