भारतले पेट्रोलियम पदार्थमा लगाएको अतिरिक्त कर कटौति गर्दा पेट्रोलको मूल्य फेरि घट्न सक्ने



petrol-price-low

काठमाडौं । भारतले आजदेखि लागू हुने गरेर पेट्रोलियमको कच्चा पदार्थमा लाग्दै आइरहेको ‘अतिरिक्त कर’ कटौती गर्ने भएको छ । भारतिय आर्थिक पत्रिकम इकोनोमिक टाइम्सका अनुसार आज (सेप्टेम्बर २)देखि लागू हुने गरेर भारत सरकारले कच्चा पदार्थको ‘विन्डफल’ अर्थात विशेष कर घटाएको छ ।
यसअघि प्रतिमेट्रिक टन कच्चा पेट्रोलियममा लाग्दै आएको ७१ सय रुपैंयाँ भारु कर कटौती भएसँगै घटेर ६७ सय कायम गरिएको छ । भारत सरकारले शुक्रबार जारी गरेको सूचनाअनुसार डिजेलको निर्यातमा लाग्ने करमा भने वृद्धि गरिएको हो । यसअघि प्रतिलिटर ५.५ भारु लाग्दै आएकोमा नयाँ व्यवस्थासँगै ५० पैसा बढेर रु ६ भारु लाग्ने भएको हो ।

भारतको वित्त मन्त्रालयले जारी गरेका सूचनाअनुसार आज (शनिबार) देखि भारतीय बजारमा हवाई इन्धनको मूल्य दोब्बरले बढेको छ । यसअघि प्रति २ भारु पर्ने हवाई इन्धनको मूल्य अब ४ भारु पर्ने भएको छ । यस अघि भारतले गत वर्षको जुलाई १ देखि अप्रत्यासितरुपमा पेट्रोलियम पदार्थमा लाभ कर लगाएको थियो
भारतले सरकारले पेट्रोलिय पदार्थको कच्चा पदार्थमा लाग्दै आएको कर कटौती गरेसँगै यसबाट नेपाललाई केहि राहात मिल्ने देखिन्छ तर, डिजेलमा लाग्ने निर्यात कर बढेकाले ठूलो लाभ भने नमिल्ने देखिन्छ

पछिल्लो पटक हिजो मात्रै नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजना गर्दै निगमले एलपी ग्यासमा समेत प्रतिसिलिन्डर २३५ रुपैयाँको वृद्धि गरेको छ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं। अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण

तातोखबर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद