४ वर्षपछि ‘नाडा अटो शो’ हुँदै
१२ भाद्र, काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ तेस्रो हप्ताबाट ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने भएको छ । १५ औँ संस्करणको ‘नाडा अटो शो २०२३’ भदौ २६ देखि ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको हो ।
गाडी, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला सङ्घ संस्थाहरूको प्रदर्शनीमा ठूला तथा साना गरी १ सय २० वटा स्टल र ब्लक रहने नाडाले जनाएको छ । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका गाडी, लुब्रिकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता रहने छ । प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङ्ग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री पार्टपुर्जा एवम् ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहने छ ।
कोभिड १९ को महामारीलगायत अन्य विभिन्न कारणले नाडा अटो एक्स्पो २०२०, २०२१ र २०२२ आयोजना हुन सकेको थिएन । चार वर्षपछि हुन लागेको प्रदर्शनीमा अवलोकनकर्ताहरूले बिजुलीका गाडी लगायत चार वर्षयताका अहिलेसम्मका नयाँ मोडलका गाडीहरू अवलोकन गर्न पाउनेछन् ।
यस्तै प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने वित्तीय सेवा, बिक्रीपछिका सेवा आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् । अटो सम्बन्धी जानकारी दिने म्यागेजिन तथा पत्रपत्रिकाहरूका लागि पनि छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।
आयोजकका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै गाडी खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ । अहिले विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

