अवैध पटाका कारखानामा विष्फोट हुँदा भारतमा ७ जनाको मृत्यु



११ भाद्र, काठमाण्डौ । भारतको पश्चिम बङ्गालको उत्तर–२४ परगना जिल्लाको दत्तापुकुरको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ ।

केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् । घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ ।

पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना होइन । राज्य सरकारले अवैध पटाका उत्पादन रोक्न पर्याप्त कारबाही नगरेको आरोपहरु लाग्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

बेइजिङ, ६ असोज / चीनको औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच

तातोखबर / अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनलाई

कास्की, ६ असोज/ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय