अवैध पटाका कारखानामा विष्फोट हुँदा भारतमा ७ जनाको मृत्यु

११ भाद्र, काठमाण्डौ । भारतको पश्चिम बङ्गालको उत्तर–२४ परगना जिल्लाको दत्तापुकुरको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ ।
केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् । घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ ।
पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना होइन । राज्य सरकारले अवैध पटाका उत्पादन रोक्न पर्याप्त कारबाही नगरेको आरोपहरु लाग्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस