बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध

rain-nepal-tatokhabar

भदौ ८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची-हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीयले जानकारी दिए । पानी परिरहेकाले सडक मर्मत गर्न पनि समस्या भएको छ ।

निरन्तर वर्षाका कारण हेलम्बु-४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको छ । जसकारण सरस्वती माध्यमिक विद्यालय केही दिन बन्द रहनेछ ।

Advertisement:rain-nepal-tatokhabar

प्रतिक्रिया दिनुहोस् :