एमसिसी परियोजना निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरू

१ भदौ, मकवानपुर । अमेरिकी सहयोग सम्झौता एमसिसी अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसिए –नेपालले) सम्झौता अनुसार ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरू गरेको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै रातमाटे सबस्टेसन देखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौंडा उप–महानगरपालिकामा पर्ने जग्गा, जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने जानकारी दिएको छ।
सूचना प्रकाशित भएको २१ सरोकारवाला व्यक्तिहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ। साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
यसअघि नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा जग्गा अधिग्रहणका लागि बिहीबार सूचना जारी भइसकेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस