शिव न्यौपानेद्वारा लिखित ‘फलाङ फुड डिक्सनरी’ पुस्तक बजारमा



मेलबर्न, अष्ट्रेलिया, साउन १२/ पत्रकार एवं साहित्यकार शिव न्यौपानेद्वारा लिखित ‘फलाङ फुड डिक्सनरी’ नामक पुस्तक बजारमा आएको छ । अष्ट्रेलियामा रहेका नेपाली लेखक न्यौपानेको उक्त पुस्तक हालै मात्र बजारमा आएको हो ।


अष्ट्रेलियाको मेलवर्नमा एक समारोहको आयोजना गरी न्यौपानेको उक्त पुस्तक ‘फलाङ फुड डिक्सनरी’ विमोचन गरिएको थियो । सो विमोचन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाही र अष्ट्रेलियामा नेपाली समुदायमाझ चर्चित व्यक्ति नेपालका महावाणिज्यदूत चन्द्र योञ्जनको आतिथ्यता रहेको थियो ।


उक्त शब्दकोषमा क्युलिनरी आर्टस्सँग सम्बन्धित शब्दका अर्थहरू रहेका छन् भने शब्दकोषमा विश्वभरीका खानेकुरासम्बन्धी शब्दका अर्थहरु समेटिएका छन् । नेपालमा फुड जर्नालिजम नयाँ अवधारणा भएको र यदी फुडहरूको नै डिक्सनरी निकालियो भने नेपाली फुड राइटर वा पत्रकारले नेपालमा यो अवधारणा व्यापक भएपछि वा १५–२० वर्षपछि डिक्सनरी पल्टाएर हेर्दा खाना र खानाको श्रोतका सबै कुरा जानकारी पाउन सक्ने दावी लेखेक न्यौपानेले गरेका छन् ।

खाद्य पत्रकारितामा काम गर्न इच्छुक जनशक्तिहरूलाई आफूले लेखेको यो पुस्तकले दिशानिर्देश गर्न सक्ने पनि उनले बताएका छन् । २००७ मा अष्ट्रेलिया पुगेका शिव न्यौपाने नेपालमा पत्रकारितामा समेत सलंग्न रहेका थिए । अष्ट्रेलिया पुगेपछि रोजगारीका लागि उनी आतिथ्यता सत्कार पेशामा आबद्ध रहेर यही पेशालाई निरन्तरता दिने क्रममा विश्वभरका खाना र खानासँग सम्बन्धित विभिन्न श्रोतहरुको बारेमा अनुसन्धान गर्ने अवसर हासिल गर्न सफल भए । यहि खोज र अनुसन्धानबाट उनले ‘फलाङ् फुड डिक्सनरी’ निर्माण गर्न सफल रहेको लेखक न्यौपाने बताउँछन् ।

विशेष गरी फलाङ फुड डिक्सनरीमा विभिन्न खानेकुराहरूको सूचि समेटिएका छन् । विश्वमा खाईने खाना र यससम्बन्धी झण्डै १ लाख भन्दा बढी शब्द समेटिएको उक्त डिक्सनरीले विश्वको कुनै भूगोललाई नछुट्याएको लेखक शिव न्यौपाने दावी गर्छन् ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

भादगाउँ (भक्तपुर), १४ असोज / इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आजबाट सुरु हुने भएको छ । विभिन्न धार्मिकग्रन्थका आधारमा

मकवानपुर – अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शनिवार ललितपुरको पाटन दरवार परिसरमा जेष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा

१३ असोज, काठमाडौं । सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शनिबारदेखि आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका