नेपालबाट ४ जनाको टोली मुर्रा राँगा लिन जाँदै

तातोखबर । अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ।मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्।
भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने छ । भारत सरकारले सीमासम्म ल्याइदिने र त्यहाँबाट ल्याउने काम नेपालको हो । मुर्रा राँगाबाट नश्ल सुधार भएका भैंसीले रैथाने भैंसीको तुलनामा झन्डै तीन गुणा बढी दूध दिने जानकारहरु बताउँछन् ।
अहिले ल्याउन लागिएको मुर्रा राँगा भारतमा भएका राँगाहरूमध्ये उच्च प्रजनन क्षमता रहेको भनिएको छ। ती राँगाबाट वार्षिक २ लाख वीर्य किसानको गोठगोठमा पु¥याउने विभागको योजना छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस