११ बुँदे हेटौँडा घोषणापत्र जारी गर्दै प्रथम बागमती प्रदेश युवा सम्मेलन



province-youth-committee

हेटौंडा । ११ बुँदे हेटौँडा घोषणापत्र जारी गर्दै प्रथम बागमती प्रदेश युवा सम्मेलन मंगलबार सकिएको छ । दुई दिनसम्म चलेको सम्मेलन ११ बुँदे घोषणा पत्र जारी गदै आज समापन भएको छ ।

११ बुँदे घोषणापत्र बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई हस्तान्तरण गरेका छन्। घोषणा पत्र युवाहरुका सुझाबलाई समेटेर तयार पारिएको छ । उक्त घोषणापत्र लागू गर्न पनि उनले प्रदेश सरकार समक्ष आग्रह गरेका छन् ।

कार्यक्रमको समापनका अवसरमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवाहरुको सिप र क्षमतालाई प्रदेश सरकारले उच्च मुल्याङकन गर्ने प्रतिबद्धता जनाएका छन् । युवाहरु निरास नहुन आग्रह गर्दै उनले भने, ‘सिप सिकाएर रोजगारी दिनेगरी प्रदेश सरकारले काम गर्न लागेको छ । अब क्षमता अनुसारको रोजगारी दिनेगरी काम गर्ने योजना बनाउँदै छौं ।’

bagmati-pradesh-yuwa-khelkud

कार्यक्रममा बिभीन्न विधाका उत्कृष्ट पाँच जनालाई २५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको छ ।

बागमती प्रदेशका युवालाई सक्षम र सशक्त बनाउँदै युवासँग सम्बन्धित पाँच विविध विषयमा आधारित भएर छलफल गरी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

११ बुँदे हेटौंडा घोषणापत्र

१. युवालाई आयआर्जनसँग जोड्न बागमती प्रदेशका १३ जिल्लाका ११९ वटा पालिकाहरुमा सीप विकास तालिम केन्द्रहरुको स्थापना गरी रोजगारीका लागि युवालाई सक्षम बनाउन प्रदेश तथा संघीय सरकार समक्ष पैरवी गर्ने ।

२. युवाद्वारा उत्पादन गरिएका सामग्रीको बजार, उत्पादन, रोजगार, अन्य अवसर तथा युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुको जानकारी गराउने युवा बजारको अवधारणा विकास गरी कार्यान्वयन गर्ने ।

३. शैक्षिक कार्यक्रमहरु युवाको वृत्तिविकासमा प्रत्यक्ष परिवर्तन देखिने शैक्षिक पाठ्यक्रम निर्माण गर्न र इच्छा अनुसारको जीवनउपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने कार्यक्रमहरु निर्माण गर्ने ।

४. देशका शैक्षिक संस्थाहरुलाई उत्पादनसँग जोड्न र नागरिकमा उद्यम भावनाको बिजारोपण गर्ने उद्देश्यले बागमती प्रदेशका १३ जिल्लाका ११९ पालिकाहरुमा रहेका ७०३१ वटै सामुदायिक विद्यालयहरुमा एक शिक्षण संस्था एक उद्यम र उत्पादन को नाराका साथ कार्यक्रम सञ्चालन गर्न पहल गर्ने ।

५. प्रदेश युवा परिषद्ले सम्बन्धित मन्त्रालय मार्फत् जीवनउपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने नाराका साथ नीति तथा कार्यक्रम तर्जुमा गर्न पहल गर्ने ।

६. सहज र सहुलियत कर्जा, बजारको सुनिश्चितता र दिगो उद्यमशीलता तथा उत्पादनको निश्चितता हुने गरी सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुमा परिमार्जन गर्दै युवा लक्षित व्यापारमैत्री उत्पादन लाई जोड दिन जोखिम हुने उद्यममा व्यावसायिक सुरक्षाको जोखिम लिन सक्ने वातावरण तयार गर्न पहलकदमी लिने ।

७. देशप्रतिको सम्मानभाव प्रकट गर्दै असल जिम्मेवार नागरिकको भावना विकास गर्ने अभिप्रायले कक्षा ११ र १२ को औपचारिक अध्ययन पश्चात् हरेक युवालाई अनिवार्यरुपमा युवाको रुची तथा विषयगत क्षेत्रमा न्युनतम ३ महिना स्वयम्सेवकका रुपमा कार्य गर्ने अवधारणालाई अवलम्बन गर्न नीतिगत निर्णय गरी अगाडि बढ्न पहल गर्ने ।

 



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ