पुत्री हुनु पाप हो भने नजन्माऊ शृष्टि ।।

फुलको थुङ्गा छोएर हेर्दा दाग लाग्यो पत्रैमा ।
जलेको आगो दन्किन्छ हेर यो मुटु भित्रैमा ।
भेष भुषा फेसन चल्दैन भने के होला दृष्टि ।
पुत्री हुनु पाप हो भने नजन्माऊ शृष्टि ।।
सुनमा शुगन्ध हिरालाई मात्र तुलना गरिन्छ ।
खेलौना सरि छोरीको जातलाई बिलौना गरिन्छ ।
पापि को तुच्छ नजर ले हेर्ने के होला दृष्टि ।
पुत्री हुनु पाप हो भने नजन्माऊ शृष्टि ।।
फूलको थुङ्गा फूलमा फुलि बोटैमा गल्दैछ।
साहारा जीवन जिन्दगी मेरो चितामा जल्दैछ ।
खुट्टा को मैलो जुत्तालाई समाजको दृष्टि
पुत्रीहुनु पाप हो भने नजन्माऊ शृष्टि ।।
– रुकु ढुंगाना(सुवेदी)
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस