नक्कली भुटानी शरणार्थी प्रकरण फरार प्रतिवादी पक्राउ

arrested

११ असार, काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका एक जना फरार प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको मण्डिखाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौं्ले बताएको छ ।
‘प्रकरणका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा आज उनलाई पक्राउ गरिएको छ, उनलाई जिल्ला अदालत काठमाडौंम पेश गरिनेछ

Advertisement:arrested

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै करोडौं असूली गरेको प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर १० जेठमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालत जिल्ला अदालत काठमाडौंले १ असारमा आदेश दिएको थियो।

प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंककुमार गुरुङलाई धरौटीमा छाड्न आदेश भएको थियो।

प्रतिक्रिया दिनुहोस् :