सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु थोरै रहेको बताए

mahesh-kumar-bartaula

काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिन मात्रै रहेको बताए ।
उनले बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन समेत नसकेको भन्दै सरकार अस्थिर, कमजोर बनेको आरोप लगाएका छन् । उनले अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको बताए ।

के भने बर्तौलाले

Advertisement:mahesh-kumar-bartaula

वर्तमान सरकार भित्रभित्र थिङथिलो भएको छ । अन्तरविरोध,असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएर पूरै मक्किएको अवस्था छ । थिङथिलो भएर मक्किएको सरकारलाई एमालेले सामन्य रुपमा छुँदा पनि ढल्ने अवस्था छ । तर नेकपा एमालेले त्यो गर्दैन । सरकारको नेतृत्व पुष्पकमल दाहालले प्रधानमन्त्री हुनुहुन्छ । सबै गठबन्धनको नेतृत्व गरिराख्नुभएको छ । त्यो भित्र उहाँले नयाँ गुट सिर्जना गर्नुभयो। काँगे्रसलाई मार हान्नको लागि हतियार उदाउनु भयो । एमाललेलाई माया काँग्रेसप्रति छ । काँगे्रस भरोसा गरेर जनताले पहिलो बनायो । ८९ सिटमा संसदमा पठाएको छ । ३२ सिटलाई प्रधानमन्त्री स्वीकार गरेर ८ वटा मन्त्रालयमा चित्त बुझाउँदा पनि प्रधानमन्त्रीले हतियार साँध लघाई रहनुभएको छ । जनादेशको म्याण्डेट अनुसार सरकार बन्न सकेन । जसका कारण सरकारले डेलिभरी दिन सकेको छैन । राष्ट्र हीतको प्रवद्र्धन गर्न सकिरहेको छैन । विकास,सुशासन र समृद्धिको पथमा मुलुकलाई हिडाउन सामथ्र्य योग्यता सरकारले प्रदर्शन सकेको छैन । बजेट मार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन सकेको छैन । वैदेशिक लगानीको सुरक्षित वातावरण छ भन्न सकेको छैन । यो अस्थिर,कमजोर सरकार र जनादेश विपरितको अप्राकृतिक सरकार हो । त्यसकारणले गर्दा सरकारको विकल्प आवश्यक देखिएको छ । एमाललेलाई पाँच वर्ष यही गठबन्धनको सरकार बनोस् भन्ने थियो । जनताको जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सकिन्छ । सरकारको आयु केही दिनको मात्रै रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :