सरकारले ल्यायो आ.व. २०८०/०८१को बजेट, घोषित बजेटमाथी प्रतिकृया आउने क्रम जारी

काठमाडौं, १५ जेठ / सरकारले आगामी आर्थिक वर्ष२०८०/०८१ को वार्षिक बजेट घोषणा गरेको छ । सोमवार अर्थमन्त्री डा. प्रकाशसरण महतले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको बजेट घोषण गरेका हुन् ।
अर्थमन्त्रालयले जेठ १५ गते सार्वजनिक गरेको बजेटमाथी धमाधम प्रतिकृयाहरु आउन थालेका छन् । संसदमा प्रतिपक्ष दलहरुले घोषित बजेट समाधान दिनुभन्दा पनि समस्या निम्त्याउने किसिमको भएको प्रतिकृया दिएका छन् । प्रमूख प्रतिपक्ष दलका नेता पूर्व प्रधानमन्त्री केपी ओलीले घोषित बजेटले देशको आर्थिक सङ्कट टार्न नसक्ने प्रतिकया दिएका छन् ।
बजेट घोषण गर्दै अर्थमन्त्री डा. महतले पछिल्लो समयमा नेपालको आर्थिक सूचाङ्क सुधारोन्मूख रहेको दावी गरेका भएपनि प्रतिकयाहरुमा भने यो पत्याउन नसकिने औंल्याईएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अक्ष्यक्ष राजेनद्र लिङ्देनले घोषित बजेटले जनतालाई निराशा बनाएको बताएका छन् । अर्थमन्त्री डा. महतले सरकारको साधारण खर्च बढ्दा अर्थतन्त्रमा समस्या आएको उल्लेख गरेका र सरकारले समस्या औंल्याउदै समाधान भनेर ल्याएको बजेट कार्यान्वयन गर्न चुनौतिपूर्ण रहेको औंल्याएका छन् ।
त्यस्तै पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले आगामी वर्षका लागि सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न नसकिने दावी गरेका छन् । आमसञ्चारकर्मीहरु सँग कुरा गर्दै नेता पौडेलले अर्थमन्त्री डा. महतले घोषणा गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट विगतका बजेटहरुको निरन्तरता जस्तै देखिएको र देशमा देखा परेको आर्थिक मन्दिलाई सम्बोधन गर्न सकिनेकिसिमको बजेट नभएको पनि बताए ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीका नेता एवं सांसद प्रेम सुवालले किसानले मदखादमा अभावलाई सम्बोधन नगरेको, सूचना प्रविधिमा विदेशी पूँजी भित्राउने र सार्वजनिक संस्थाहरुलाई उपेक्षा गरेको जस्ता कुरा समेटेको सरकारको यो बजेटलाई समर्थन गर्न नसकिने बताए । उनले चुरे दोहन गर्ने र महाभारत बनाउने सपना बोकेको तर शिक्षालाई सहज बनाउनेलगायतका विषयहरु बजेटमा नआएकोले बजेट सन्तोषजनक नभएको प्रतिकृया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस