टोपबहादुर रायमाझी फरार बालकृष्ण खाँण पक्राउ

काठमाडौं तातोखबर । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान निवासबाटै पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै अनुसन्धानका लागि खाँणलाई पक्राउ गरिएको हो ।

Advertisement:

ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दाहाललगायतले खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र सभापति शेरबहादुर देउवापत्नी आरजु राणाको नाममा करोडौँ रकम दिएको बयान दिएका छन् ।

यो प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १० जना पक्राउ परिसकेका छन् । एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरीको फरार सूचीमा छन् । रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।

अदालतले पक्राउ पुर्जी जारी गरेकै दिनदेखि रायमाझी फरार भएका हुन् । उनी भारत पसेको आशंकामा प्रहरीले सीआईबीको टोली परिचालन गरेको छ ।  राजनीतिक पार्टीका हाई प्रोफाइल जोडिएपछि यो प्रकरण ’फासफुस’ पार्ने प्रयास भइरहेका बेला प्रहरीले पूर्वगृहमन्त्री खाँणलाई पक्रेको हो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application