काठमाडौंका मलहरुमा खाली सटर- व्यवसायबाटै विदेश पलायन हुनेहरु बढ्दै

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर विदेश पलायन हुनेको संख्या बढ्दै गएको छ ।
कोरोना महामारीपछि सुस्ताएको व्यापारले अहिलेसम्म गति लिन नसकेको व्यापारीहरु बताउँछन । राम्रो स्थानका हिसाबले अन्त ग्राहक नहुँदा पनि केही न केही व्यापार हुने ठाउँमा अहिले व्यापार न्यून छ । पछिल्लो समयमा जुन आर्थिक मन्दी देखिएको छ, त्यसले पसलहरुमा व्यपार सुकेको छ । युवाहरु धेरैजसो विदेश गाएका छन्, यहाँ रहनेहरुसँग आम्दानी कम छ, महंगीले आकाश छोएको छ ।
कतिपय क्षेत्रमा रोडसाइडमा हुने पार्किङ हटाइएका कारण ग्राहक आउनै नपाएर पनि व्यवसाय सुकेको व्यवसायीहरूको गुनासो छ । अनलाइन सपिङको बढ्दो ट्रेन्डले केही हदसम्म यस्तो अवस्था बनाउन भूमिका खेलेको हुनसक्ने व्यापारीहरू बताउँछन् ।
ललितपुरको लबिम मल, सुन्धाराको सिभिल मल, सीटीसी मलदेखि काठमाडौंका ठूला भनिएका मलहरुमा पनि खाली सटरहरु देखिन थालेको छ । यस्ता मलमा किनमेल गर्न जाने मान्छे घटेका छन् । विगतमा यस्ता पसल र सटरहरु लाखौं रुपैयाँ सलामी लिएर किनबेच हुने गर्थे भने हाल पसल किन्ने मान्छे नपाउँदा व्यवसाय छाड्नेहरुले त्यत्तिकै खाली गरेर हिँडिरहेका छन् । यसले गर्दा व्यवसायबाटै पलायन हुनेहरु बढ्दैछन् ।
सरकार भने चालु आर्थिक वर्ष २०७९/८०मा उद्योग क्षेत्रमा देखिएको शिथिलताको असर व्यापार व्यवसायसम्म आइपुगेको अनुमान गरिरहेको छ । यो वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रले ५.३२ प्रतिशत मात्रै योगदान दिने प्रक्षेपण राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।
वनस्पति, तोरी, सोयबिन तथा सूर्यमुखी तेलको उत्पादनका साथै फलाम तथा स्टिलजन्य उत्पादनमा आएको कमीको कारणले उद्योग क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्षमा कूल मूल्य अभिवृद्धि वृद्धिदर २.०४ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान छ ।
नेपाल पछिल्लो तिन दशक यताको सबैभन्दा खराब आर्थिक अवस्था बाट गुज्रीरहेको जानकारहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस