मनाङद्वारा आर्र्मी १–० गोल अन्तरले पराजित
काठमाडौं, २० वैशाख / शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल आर्मीलाई पराजित गरेको छ । लिगमा यसअघि ७ खेलमा लागतार हार व्यहोरेको मनाङले आज भएको खेलमा नेपाल आर्मीलाई सून्यको विरुद्ध १ गोलले पराजित गरेको हो ।
मनाङका लागि तिमोथी कुडोले इन्जुरी समयमा गोल गरेका हुन् । आठौं खेलमा पहिलो जित हात पारेको मनाङले लगातार ६ खेल हारेको थियो । मनाङले लिगमा लगातार हारेपछि मनाङका प्रशिक्षक किरण श्रेष्ठले राजिनामा दिएका कारण मनाङ आज प्रशिक्षक बिना नै मैदानमा उत्रिएको थियो ।
मनाङको टच लाइन गोल किपर प्रशिक्षक प्रविण श्रेष्ठले सम्हालेका थिए । यो जितसँगै मनाङ १४ खेलबाट १८ अंक बटुल्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पाँचौ स्थानमा रहेको आर्मीको भने १४ खेलबाट २० अंक छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

