आविष्कारका लागि बजेट छुट्याईने सरकारको प्रतिबद्धतापछि टुङ्गियो महावीर पुनको आन्दोन

काठमाडौं, १८ वैशाख / शुक्रवारदेखि माईतीघर मण्डलामा धर्ना बसेर आन्दोलन गरिरहेका आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको आन्दोलन टुङ्गिएको छ । अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सहमत भएपछि पुनको आन्दोलन टुङ्गिएको हो ।
माइतीघर मण्डलामा धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सोमबार सातबुँदे सहमति भएपछि पुनले आन्दोलन स्गगित गरेका छन् । ७ बुँदे सहमती पत्रमा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले हस्ताक्षर गरेका थिए ।
अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने, कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने र संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्ने बुँदाहरु उक्त सहमति पत्रमा रहेका छन् । त्यस्तै सहमति पत्रमा आगामी आर्थिक वर्ष पुँजीगत बजेटको एक प्रतिशत रकम आविष्कारसम्बन्धी कोष जम्मा गर्ने बुँदा पनि समेटिएको छ ।
त्यसैगरी अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवद्र्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमति, लाइसेन्स लगायतसँग सम्बन्धित कानुनी सुधारमा सहजीकरण गर्ने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस