ओलिको भन्दा १,७८५ बढी मत प्राप्त गरी रवि लामिछानेको सर्वाधिक लोकप्रिय जित
काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् । उनले गत संसदीय चुनावमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको सर्वाधिक मतको रेकर्ड तोडेका छन् ।
अन्तिम परिणाम अनुसार लामिछानेको ५४ हजार १७६ मत उनका निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फबाट कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । उनिहरु दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।
एमालेबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याए ।
मंसिर ४ को चुनावमा रविले ४९ हजार ३ सय मत प्राप्त गरेका थिए अघिल्लो चुनाबमा भन्दा यस चुनावमा ४,८७६ मत बढी ल्याएका छन् ।
नागरिकतासम्बन्धी विवादमा दोषी ठहर भएपछि सांसद पद गुमाएका उनले उपचुनावमार्फत प्रतिनिसभामामा पुनः इन्ट्री मारेका छन् ।
ओलीले झापा ५ बाट ५२ हजार ३९१ मत प्राप्त गरेका थिए । ओलिको भन्दा १,७८५ बढी मत प्राप्त गरी लामिछानेले सर्वाधिक लोकप्रिय जित हासिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

