रवि लामिछानेको जित निश्चित

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित निश्चित भइसकेको छ । गणना हुन बाँकीभन्दा उनी धेरै मतान्तरले अगाडि रहेकाले जित निश्चित भएको छ ।
निर्वाचन आयोगका अनुसार लामिछानेले हालसम्म ४३ हजार १०१ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले सात हजार ९५२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपानेले सात हजार ७८७ मत पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गएको आइतबार भएको मतदानमा यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो । चितवन–२ मा २२ उमेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस