NTC - FTTH

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी

Meri Uni Lai - Global IME Bank
dr-swarnim-Wagle

काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका उम्मेदवारलाई फराकिलो मतले पराजित गदै वाग्लेले ३४ हजार ४ सय ८० मतसहित विजयी भएका छन्। यो कुल सदर मतको आधाभन्दा धेरै हो ।
कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका छन् । एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत मात्र पाए । वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पारे ।

१ लाख २३ हजार ३ सय ५ मतदाता रहेको तनहुँ १ मा आइतबारको उपनिर्वाचनमा झण्डै ६५ हजार मत मत खसेको थियो। रास्वपाका वाग्लेले सदर मतको ५२ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् ।

Advertisement:dr-swarnim-Wagle

वाग्ले कांग्रेस परित्याग गरि रास्वपा प्रवेश गरेर उपनिर्वाचनमा उम्मेदवार बनेका थिए । उनी ४ मंसिरको चुनावमै उठ्न चाहेका थिए । तर, त्यतिबेला उनलाई टिकट दिइएन् । बरु राष्टिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा गर्न लगाएर डा. विश्व पौडेललाई चितवन १ मा उम्मेदवार बनाइयो । डा. वाग्लेलाई कांग्रेसको घोषणापत्र मस्यौंदा समितिमा रहेर काम गरेका थिए । उपनिर्वाचनमा पनि टिकट नदिएपछि उनी पाँच वर्ष कुर्न नसक्नेभन्दै कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका थिए ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra