रास्वपाका डा. स्वर्णिम वाग्ले अत्याधिक बहुमतले विजयी



दमौली, १२ बैशाख / ३ स्थानका लागि बैशाख १० गते सम्पन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । डा. वाग्ले १५ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् ।

प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी डा. स्वर्णिम वाग्लेभन्दा नेपाली काड्गे्रसका उम्मेदवार गोबिन्द भट्टराई फराकिलो मतान्तरले पछाडि परेका छन् भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले उल्लेखनीय मत पाउन सकेनन् । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा राप्रपा र अन्य प्रतिष्पर्धीहरुले नगन्य मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनाको शुरुवाती चरणदेखि नै अग्रता लिदै आएको राष्ट्रिय स्वतन्त्रण पार्टीको चुनाव चिन्ह घण्टीले मतगणनाको अन्तिम चरणमा ३४ हजार ९सय १९ मत प्राप्त गरेको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसको रुख चिन्हमा भन२० हजार १ सय २२ मत खसेको थियो । त्यस्तै एमालेका सूर्य चिन्हले ८ हजार ४ सय ८८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्जजनिक गरिएको मतपरिणाममा उल्लेख गरिएको छ ।

तस्विर : कृष्ण पराजुलीको फेसबुकबाट साभार



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

हेटाैंडा- पूर्वपश्चिम राजमार्गअन्तरगत हेटाैंडा-१५ राताेमाटेमा भएकाे सवारी दूर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ भने एकजना घाइते भएका छन् । सोमबार

तातोखबर, काठमाडौं / प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने

तातोखबर, काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताएका