रास्वपाका डा. स्वर्णिम वाग्ले अत्याधिक बहुमतले विजयी
दमौली, १२ बैशाख / ३ स्थानका लागि बैशाख १० गते सम्पन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । डा. वाग्ले १५ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् ।
प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी डा. स्वर्णिम वाग्लेभन्दा नेपाली काड्गे्रसका उम्मेदवार गोबिन्द भट्टराई फराकिलो मतान्तरले पछाडि परेका छन् भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले उल्लेखनीय मत पाउन सकेनन् । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा राप्रपा र अन्य प्रतिष्पर्धीहरुले नगन्य मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणनाको शुरुवाती चरणदेखि नै अग्रता लिदै आएको राष्ट्रिय स्वतन्त्रण पार्टीको चुनाव चिन्ह घण्टीले मतगणनाको अन्तिम चरणमा ३४ हजार ९सय १९ मत प्राप्त गरेको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसको रुख चिन्हमा भन२० हजार १ सय २२ मत खसेको थियो । त्यस्तै एमालेका सूर्य चिन्हले ८ हजार ४ सय ८८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्जजनिक गरिएको मतपरिणाममा उल्लेख गरिएको छ ।
तस्विर : कृष्ण पराजुलीको फेसबुकबाट साभार
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

