ऐनमा भएको सवारी नवीकरणको विशेष व्यवस्था
तातोखबर संवाददाता : श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहादेबको सासनकालको एक्काइसौं बर्षमा बनेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ साल ऐन नं. ४५ अन्तर्गत परिच्छेद–२को ३३ नम्बरमा सवारी नवीकरण सम्बन्धी विशेष व्यवस्था लेखिएको छ ।
३३ नं. नवीकरण सम्बन्धी विशेष व्यवस्था :
दफा ३१ को उपदफा (३) मा जुनसुकै कुरा लेिखएको
भएता पनि सरकारी सवारी, संस्थानको सवारी, कूटनीक सुविधा प्राप्त सवारी र निजी सवारीको
धनीले आफ्नो सवारीको दर्ताको प्रमाणपत्र पाँच बर्ष सम्म एकै पटक नवीकरण गराउन चाहेमा
पाँचबर्ष सम्मको लागि लाग्ने नवीकरण दस्तुर संलग्न राखी दर्ताको प्रमाणपत्र पेश गरेमा
अधिकार प्राप्त अधिकारीले त्यस्तो दर्ताको पमाणपत्र पाँच बर्ष सम्मको लागि एकै पटक नवीकरण गर्न सक्नेछ ।
यो सुविधा प्रयोग गरेर पछि बढ्न सक्ने करबाट बच्न सकिन्छ । यो नियमको उपभोग गरि निजि व्यवसायिहरु तथा लामो समय सवारि चढ्ने मनशाय बनाएकाहरुले फाईदा लिन सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

